Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१० भाद्र २०७९, शुक्रबार  

828
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ५२ पैसा र बिक्री दर १२८ रुपैयाँ १२ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ ०० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९६ पैसा र बिक्री दर १५१ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ०४ बजे