Logo

खेलकुद

घरेलु मैदानमा डर्टमण्ड पराजित



काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा रोमाञ्चक खेलमा बोरुसिया डर्टमण्ड जर्मन बुन्डेसलिगा फुटबलमा वेर्डेर ब्रेमेनसंग ३–२ले पराजित भएको छ । शनिबार राति घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा डर्टमण्ड पहिलो हार बेहोर्न बाध्य भयो ।

डर्टमण्डका जुलियनले ४५औं मिनेटमा अग्रता दिलाए । ७७औं मिनेटमा राफाएल गुइरेलोले गोल गर्दै २–० बनाए । तर, खेलको अन्तिम ११ मिनेट जोगिन नसक्दा डर्टमण्ड हार बेहोर्न बाध्य भयो ।

खेलको ८९औं मिनेटमा ली बुचाननले खेल २–१ को स्थितिमा ल्याए । यसपछी इन्जुरी समयमा निक्लास र ओलिभर बुर्केले गोल गर्दै ब्रेमेनलाई जित दिलाए । हारसंगै डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा छ । जितसँगै ब्रेमेनले ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, अन्य खेलमा आरबी लाइपजिक युनिअन बर्लिनसंग २–१ ले स्तब्ध भयो । जितसंगै बर्लिन ७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ४७ बजे