Logo

समाचार

उपत्यकामा ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नप्वर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् ।

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ५५ बजे