Logo

अर्थ

अपर तामाकोशी हाइड्रोकाे १४औं वार्षिक साधारण सभा आज हुँदै



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : २४ बजे