Logo

विश्व

मालेमा चार रुसी सेनाको हत्या


३१ श्रावण २०७९, मंगलबार  

253
Shares

माले । अल–कायदा–सम्बन्धित जिहादी समूहले मध्य मालीमा एम्बुसमा पारेर रूसी सुरक्षा समूह वाग्नरका चार भाडाका सैनिकहरूलाई मारेको दाबी गरेको छ ।

सहेलको मुख्य जिहादी गठबन्धन सपोर्ट ग्रुप फर इस्लाम एन्ड मुस्लिम (जीएसआईएम)ले शनिबार वाग्नर सिपाहीहरूको समूहलाई बान्डियागारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ । जीएसआईएमका लडाकुले रुसी सुरक्षा समूहका चार जनाको हत्या गरेको उक्त समूहले जनाएको छ ।

गुप्तचर अनुगमन समूह एसआइटीई र स्थानीय निर्वाचित अधिकारीले पनि पनि हत्याको पुष्टि गरेका छन् । ‘बन्डियागारा नजिकै जिहादीहरूले सप्ताहन्तमा चार रुसीको हत्या गरेका छन्’, एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा भने ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : ०६ बजे