Logo

खेलकुद

डेब्यु खेलमा डि मारियाको गोल


३१ श्रावण २०७९, मंगलबार  

828
Shares

काठमाडौं । डेब्यु खेलाडी एन्जल डि मारियाको गोलमा इटालीयन सिरी ए लिगमा युभेन्ट्सले सोमबार राति सासुओलोलाई ३–० ले पराजित गरेको छ । टुरिनस्थित एलियन्ज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन यसै सिजन अनुबन्ध भएका डि मारियाले एक गोल गरे भने डुसान भ्लाहोभिकले दुई गोल गरे ।

खेलको २६औं मिनेटमा डि मारियाले अग्रता लिए । ४३औं मिनेटमा डुसानले पेनाल्टी र ५०औं मिनेटमा डि मारियाको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

डि मारिया यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन पिएसजीबाट इटाली आएका थिए । जितसँगै पहिलो खेलमै युभेन्ट्सले महत्त्वपूर्ण तीन अंक जोडेको छ । सासुओलोले भने हारबाट सुरु गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ५९ बजे