Logo

विश्व

किम जोङ उनलाई पुटिनको पत्र – दुई पक्षीय सम्बन्ध विस्तार गरौँ



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ सम्बन्ध दुवै देशको हितमा हुने र कोरियाली प्राय द्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा र स्थिरतालाई सुदृढ गर्न मद्दत गर्ने विषय उल्लेख गरेको उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५२ बजे