Logo

समाचार

पूर्वमन्त्री टोपबहादुर रायमाझी रोल्पा आउँदै


२९ श्रावण २०७९, आइतबार  

3.2k
Shares

रोल्पा । पूर्वमन्त्री तथा नेकपा (एमाले)का सचीव टोपबहादुर रायमाझी रोल्पा आउने भएका छन् । जिल्लास्तरीय भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सहभागी हुन रायमाझी भदौँ १ गते बुधबार रोल्पा जिल्लाको सदरमुकाम लिबाङ आइपुग्ने नेकपा(एमाले) जिल्ला कमिटी रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए ।

‘हाम्रो पार्टीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त भेलाका लागि टोपबहादुर रायमाझी प्रमुख अतिथिको रूपमा रोल्पा आउँदै हुनुहुन्छ ।’ अध्यक्ष बुढाले भने । साथै बुढाले जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दशवटै पालिकाबाट नेता–कार्यकर्ताको ठूलो संख्यामा सहभागी हुने बताएका छन् । त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाले लिवाङमा पार्टी प्रवेश कार्यक्रम पनि आयोजना गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : २१ बजे