Logo

समाचार

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु



दाङ । दाङमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुरका २६ वर्षीय निराजन पोखरेल रहेका छन् ।

शनिबार साथीहरूसँग घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी सुरेश काफ्लेले बताए ।

दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको थियो । मृतक निराजन आफ्ना अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : १२ बजे