Logo

Breaking News 1

क्युवाको एक तेल डिपोमा आगलागी, १७ वटा बारुणयन्त्रसहित २१ जना बेपत्ता



काठमाडौं । क्युवाको एक तेल डिपोमा आगलागी हुँदा २१ जना बेपत्ता भएका छन् । आगलागीबाट ८० जना भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको बताइएको छ । आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ ।

तेल डिपोमा चट्याङपछि आगलागी हुँदाको अवस्था यति भयंकर थियो दुई वटा सूर्य एकै पटक उदाएको जस्तो महसुश भएको थियो ।

भेनेजुएला, मेक्सिको र चिलीले आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि टिम पठाएका छन् । त्यस्तै रुसले पनि सहयोग पठाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ३३ बजे