Logo

खेलकुद

टोटहहम र चेल्सीको सुखद सुरुवात



काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४–१ ले पराजित गर्‍यो ।

टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक–एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो ।

खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो । १२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन ।

२१औं मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए । यस्तै, ३१औं मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१औं मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको थियो । त्यसको दुई मिनेटछि कुलुसेभिस्कीले चौथो गोल गरेपछि टोटनहमले सहज जित निश्चित गर्‍यो ।

यस्तै, शनिबार भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्ने क्रममा एभर्टनलाई १–० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरे ।

शनिबारै भएको अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २–० ले, लिड्सले वुल्भ्सलाई २–१ ले र न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्‍यो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ४२ बजे