Logo

Breaking News 1

कोशी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


१९ श्रावण २०७९, बिहिबार  

276
Shares

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुन: आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधवार कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : ५५ बजे