Logo

खेलकुद

आयरल्यान्डबिरुद्ध दक्षिण अफ्रिकाको सहज जित


१९ श्रावण २०७९, बिहिबार  

0
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले दुई टि–२० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ । योसँगै शृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो ।

आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २११ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे ।

अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ७ : ४७ बजे