Logo

समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु


१९ श्रावण २०७९, बिहिबार  

0
Shares

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सदानन्द सरदार र सोही ठाउँकी २१ वर्षीया अन्जली सरदार छन् ।

पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ७ : ३५ बजे