Logo

समाचार

ईनारभित्र शव फेला


१९ श्रावण २०७९, बिहिबार  

322
Shares

उदयपुर । उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थियो ।

घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । ‘कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं,’ डिएसपी राईले भने ।

घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : ३५ बजे