Logo

समाचार

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु


१७ श्रावण २०७९, मंगलबार  

115
Shares

काठमाडौं । दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ ।

दाङको बंगलाचुली गाउँपालिका-२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बुढा मगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो ।

खोला तर्ने क्रममा बगाउँदा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो । सोही क्रममा घोराही उपमहानगरपालिका-१९ स्थित कटुवा खोलाको किनारमा उनको शव फेला पारेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका-५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो ।

धनुषाको हंसपुर नगरपालिका-९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : १२ बजे