Logo

समाचार

नारायणगढ-मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमा रोकिए


१७ श्रावण २०७९, मंगलबार  

1.4k
Shares

काठमाडौं । पहिराका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को सडकमा सवारी साधन रोकिएका छन्। नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएपछि जिल्लामा नै सवारी साधन रोकिएको बताए।

‘नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर-२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारी साधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ-मुग्लिन हुँदै चल्ने सवारी साधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौं।’

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ-मुग्लिन सडक हुँदै चल्ने बाहेकका सवारी साधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : ५८ बजे