Logo

Breaking News 1

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला, हत्याको आशंका (अपडेट)


१६ श्रावण २०७९, सोमबार  

1.1k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा वडा नम्बर-२ मा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा श्रीमान-श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे मृत फेला परेका हुन् ।

घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु मृत फेला परेको कोठामा चक्कु फेला परेको छ ।

मृतक सुनिता केही दिनमै बेलायत जाने तयारीमा थिइन् । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ३० बजे