Logo

समाचार

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रक चालक फरार


१६ श्रावण २०७९, सोमबार  

1.6k
Shares

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा आइतबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ३८ बजे