Logo

Breaking News 1

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो ।

यसअघि आजको स्थायी कमिटीमा अर्थमन्त्रालयमा जनार्दन शर्मालाई फर्काउने वा नर्फकाउने भन्ने विषयमा छलफल हुने बताइए पनि माओवादीले बिहानै शर्मालाई नै फर्काउन प्रधानमन्त्रीालाई सिफारिस गरिसकेको छ ।

बैठक आजका लागि स्थगित गरेर साउन २५ गते बस्ने तय भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ५७ बजे