Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

ट्रयाक्टरले किचेर पाँच वर्षीय बालकको मृत्यु



काठमाडौं । भोजपुरमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका-१२ छ चौतारामा ट्रयाक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङ ज्यान गएको हो।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्र्याक्टरले किच्दा नेन्साङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : १३ बजे