एउटा हिन्दी फिल्म छ, ‘खट्टा–मिठा’ । यो फिल्ममा अक्षयकुमारले बोलेको एउटा डायलग छ–‘मेडम यहाँ इन्डियन कौन हे ?, अमेरिकामें जाओतो अमेरिकन मिलेगे, जर्मनमें जाओतो जर्मन मिलेगे, फ्रान्समें जाओतो फ्रेन्च मिलेगे, इंग्याण्डमें जाओतो इंग्लिसमेन मिलेगे, और इण्डियामें जाओतो मराठी,गुजराती, पञ्जाबी, बंगाली मिलेगे । इण्डियन कहाँ हे ?’ (हिन्दीमा साभार गरिएकाले लेखाइमा भाषा अशुद्ध हुन सक्छ ) ।
यो फिल्म त्यसै बनेको होइन । यसको रोचक कहानी छ । सन २००८ मा अमेरिकाको न्युयोर्कमा बिश्वस्तरको सामाजिक पैरवीको एक अन्तराष्ट्रिय सम्मेलन भएको थियो । त्यहाँ बिश्वका धेरै देशका गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए । भारतबाट १४ जनाको सहभागीता थियो । सबैले बोल्ने क्रममा आ–आफ्ना भाषामा बोले । तर, कसैले पनि हिन्दीमा बोलेनन् । अनि उद्घोषकले भने,‘हिन्दी खोई ? अर्थात इण्डियन प्रतिनिधि खोई ?’
यो समाचारले त्यतिबेलाको मिडियाले प्रमुखता पाएको थियो । पछि भारतीय बुद्धिजीवी वर्गमा यो कुराको चर्चा चलेपछि सन २०१० मा निर्मित यो खट्टा–मिठा फिल्ममा माथि उल्लेखित डायलग राखियो । यसको महत्वपुर्ण अर्थ छ । किनकी हामी भारतीय जस्तो नबनौं । जहाँ जातजाति, धर्म, भाषा, लैंगिक, रीतिरिवाज आदि बिषयमा झगडा, काटमार गरिन्छ । भारतीय बन्ने कुचेष्टा कदापी नगरौं ।
मगरदाइले राईसँग बोल्ने भाषा नेपाली नै हो । के कुनै मगरले लिम्बुसंग मगर भाषामा बोलेर संगत गर्न सक्छ ? सक्दैन । ती दुवैलाई अनिवार्य चाहिने नेपाली भाषा मात्र हो ।
नेपालको प्रतिनिधि सभा बैठकमा विसं ०८९ साल साउन ४ गते एमाले सांसद नविना लामाले बोलेका शब्दप्रति तीब्र आलोचना शुरुभयो । शल्यक्रिया शब्द भन्नुपर्नेमा सलानकिरा आदि–आदि शब्दमा उनको उच्चारण पुरै गलत थियो । लगत्तै उनले सोहीदिनको रातोपाटी अनलाइन संस्करणमा अन्तर्वार्ता दिंदै भनिन्,नेपाली टोनमा कमजोर छु, शब्द विग्रिएकै हो ।’
जातिगत भड्काव चाहनेले उनको यो उच्चारणलाई मातृभाषासंग जोडेर हेरे । कतिले उनको यो कमजोरीमा समर्थन पनि जनाए । तर, यो बिषयमा खास चर्चा हुनु आवस्यक छ । किनकी उनलाई भोट दिएर जिताउनेहरुले नेपाली बाहेक कुनै भाषा जान्दैनन् । उनलाई राजनीतिको यो स्थानमा पुर्याउनेहरुले नेपाली भाषा मात्र जान्दछन् । अनि आँफैले जिताएको नेताले आफ्नै भाषा नजान्दा नविना लामाका ती मतदाता माथि कति चोट पर्छ होला ? के नविना लामाले आफ्ना मतदातालाई चोट पुर्याउन चाहन्छिन् ? नेपाल भित्र बसेर नेपालको राजनीति गर्ने हरेक नेपालीले नेपाली भाषा शुद्ध लेख्न र पढ्न आउनैपर्छ । नत्र उ नेपालको नेता कसरी हुन्छ ? प्रश्न यो हो ।
भाषाको महत्व र हाम्रो अबस्था
कुनै पनि देशको सर्बोच्च भाषा त्यहाँका नागरिकका लागि जननी हो । नेपालको सर्बोच्च भाषा नेपाली हो । यो भाषाविना सबै नेपालीको जीवन संभव छैन । यहाँ कुनै जात वा धर्मसंग नेपाली भाषाको सम्बन्ध छैन । एक नेपालीको सम्बन्ध अर्को नेपालीसंग जोड्न नेपाली भाषा मात्र अपरिहार्य छ । विभिन्न जातजातिका आ–आफ्ना भाषा भएपनि उनिहरुका लागि झनबढि नेपाली भाषा अनिवार्य चाहिन्छ । केहि उदाहरण हेरौं ।
पूर्वको लिम्बू पोखराको तमु गाउँमा पुग्यो भने उसले बोल्ने भाषा के होला ? यी दुवै जनजाति अन्तर्गत पर्छन् । एकै उद्देश्यका लागि यिनका विभिन्न मोर्चा छन् । हिजो यिनीहरूको संविधान निर्माणमा एउटै आवाज गुन्जिएको थियो । जनकपुरको यादवले दाङका थारूसँग बोल्ने भाषा कुन होला ? जनजाति–जनजाति, मधेसी–मधेसीबीच सबैभन्दा आवश्यक नेपाली भाषा मात्र हो । आर्य वा खस मूलका व्यक्तिको पेवाजस्तो नेपाली भाषा हुँदै होइन । हाम्रो मूल भाषा नेपाली हो, यो कुनै ब्राह्मण, क्षेत्री, ठकुरी वा अन्य आर्यको मात्र मूल भाषा होइन । यो पूर्वको राई र पश्चिमको डोटेलीको पनि मुख्य भाषा हो । जनकपुरको साहदेखि झापाको ताजपुरिजाको आफ्नो भाषा हो । मुस्ताङको भोटेदेखि सोलुको शेर्पाको पनि मूल भाषा नेपाली नै हो ।
हाम्रो मुलुकमा बोलीचालीमा अहिले एक सय २३ भाषा प्रयोगमा छन् । तथ्यांक विभागको रेकर्डलाई हेर्ने हो भने पूर्ण प्रयोगको भाषागत जनसङ्ख्याअनुसार ४४ दशमलब ६ प्रतिशतले पूरै नेपाली प्रयोग गर्छन् । मैथिली ११ दशमलब ७, भोजपुरी ६, थारू पाँच दशमलब आठ, तामाङ पाँच दशमलब एक, नेवारी तीन दशमलब दुई, मगर तीन, हिन्दी तीन, डोटेली तीन, उर्दू आठ दशमलब पाँच, अवधी दुई र बैतडेली एक दशमलब ०२ प्रतिशतले बोल्ने अन्य भाषामा पर्छन् । यसमा अङ्ग्रेजी भाषा समावेश गरिएको छैन । पछिल्ला वर्षमा निजी तथा सरकारी कार्यालयमा नेपालीपछि अनिवार्य प्रयोग हुने भाषा भनेको अङ्ग्रेजी हो ।
भारतले हिन्दीपछि दोस्रोमा बोल्ने मुख्य भाषा अङ्ग्रेजी राखेको छ । त्यसपछि क्रमशः कश्मिरी, राजस्थानी, गुजराती, मराठी, पञ्जावी, बंगाली, आसामी, मनिपुरी, युरी, तेलुगु, तमिल, मलायाम, कन्नदा, कोन्कानी, संस्कृत र उर्दू यहाँ बोलिने अरू मुख्य भाषामा पर्छन् । बेलायतले अङ्ग्रेजीपछि दोस्रो बोल्ने मुख्य भाषामा हिन्दी राखेको छ । ब्रिटिसको शासनको बेला परेको अङ्ग्रेजी प्रभावले भारतका अधिकांश शिक्षित घरायसी काममै अङ्ग्रेजी प्रयोग गर्छन् । ब्रिटिसले भारत छोडेपछि उनीहरूसँगै बेलायतमा पनि हिन्दी भाषा छिरेको हो । २९ राज्यको सङ्घीयतामा फैलिएको भारतमा हाल एक अर्ब ३८ करोडबढि जनसङ्ख्या छ । एउटै राज्य उत्तर प्रदेशमा २५ करोड ७६ लाख ४४ हजार रहेको छ ।
कुनै बेला अङ्ग्रेजी फिटिक्कै नबोल्ने चिनियाँ अहिले कलेजमा प्राथमिकता साथ अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । आफ्नै भाषा संसारभर फैलाउन खोजेको सोभियत सङ्घ (तत्कालीन रुस)ले अहिले स्कुलदेखि कलेजसम्म एउटा विषय अङ्ग्रेजी पढाउन सुरु गरेको छ । रसियन पुराना पढेलेखेकाहरूले अङ्ग्रेजी जान्दैनन् । तर, युवा पिँढीबीच अङ्ग्रेजी चल्छ । छिमेकी मुलुकहरू युरोपको परिवेशसँग घुलमिल हुन उनीहरूलाई अङ्ग्रेजी नजानी हुँदैन भन्ने बुझ्न थालेका छन् ।
हाम्रो मुलुक विविध जातिको फूलबारी हो । सङ्घीयताको नाममा यो फूलबारीमाथि हुने विभाजनले सबैलाई एकपटक सोच्न बाध्य पार्दै छ । फूल मात्र हामीले भागबन्डा गर्दै छैनौँ, भाषामाथि प्रहार गर्दैछौं । यो साझा फुलबारीको मुख्य भाषा नेपाली मात्र हो । भारतमा जस्तो ठूलो भूभाग हाम्रो छैन । मराठी भाषा मात्र जानेको व्यक्तिले हिन्दी नजान्दा पनि उसलाई पुग्छ । तर, हाम्रो देशको सानो क्षेत्र छ ।
पोखराको तमुलाई काठमाडौंको नेवारसँग सङ्गत नगरी जीवन चल्दैन । सिरहाको मधेसी थारूलाई काभ्रेको तामाङ साथी नबनाई पुग्दैन । अनि हामी क्षेत्र–क्षेत्र, भाषा–भाषामा विभक्त बनेर यो तेरो–मेरो भन्न थाल्यौँं भने हाम्रो जीवन कति असहज हुन्छ, एकपटक सोझो अनुमान गरौँ त । मगरदाइले राईसँग बोल्ने भाषा नेपाली नै हो । के कुनै मगरले लिम्बुसंग मगर भाषामा बोलेर संगत गर्न सक्छ ? सक्दैन । ती दुवैलाई अनिवार्य चाहिने नेपाली भाषा मात्र हो । तर, भारतमा गुजराती मात्र जानेको सामान्य नागरिकले हिन्दी नजानेर पनि सजिलै पुस्तौँपुस्ता गुजार्न सक्छ ।
उनलाई राजनीतिको यो स्थानमा पुर्याउनेहरुले नेपाली भाषा मात्र जान्दछन् । अनि आँफैले जिताएको नेताले आफ्नै भाषा नजान्दा नविना लामाका ती मतदाता माथि कति चोट पर्छ होला ? के नविना लामाले आफ्ना मतदातालाई चोट पुर्याउन चाहन्छिन् ?
अङ्ग्रेजी जान्दै गर्दा, हिन्दी बोल्दै गर्दा र नेपालीमै सम्पूर्ण कामकाज गर्दै गर्दा कसैको धर्म, संस्कृति, जातिगत महत्व र भाषागत हस्तक्षेप हुनुहुँदैन । जे सहज र व्यापकता छ त्यही भाषा प्रयोग गर्ने हो । हिजोका विश्वमा साम्राज्य फैलाउन खोजेका रुस, जर्मन, जापान र हालको चीनले समेत विश्वव्यापीकरण बनेको अङ्ग्रेजी प्रयोग नगरी सुख पाएन । त्यसैले भाषागत, जातिगत विवादभन्दा जीवनस्तरको सुधार ल्याउन सके त्यो जातिको कल्याण हुनेछ । हामी यो भन्दैनौँ, आफ्नो मातृ भाषालाई महत्व दिन हुँदैन । सबै जातिलाई आफ्नो मातृ भाषा संरक्षण र प्रवद्र्धन गर्ने अधिकार छ । तर, यो पनि बिर्सन हुन्न, हाम्रो मूल भाषा नेपाली नै हो ।
तर, पछिल्लोपटक राजनीति गर्ने नाममा सङ्घीयताको रटानमा केही नेताले नेपाली भाषाको उपेक्षा गरेकाले यो विषय स्पष्ट पार्न जरुरी देखिएको हो । नेताहरूको व्यक्तिस्वार्थका कारण एउटा मधेसीभाइले शेर्पाभाइलाई पराई सम्झनुपर्ने अवस्था आउन नदिन अहिले आमसर्वसाधारण गम्भीर बन्ने बेला आएको छ । सबैको भाषा नेपाली नै हो । हाम्रा १ सय २३ भाषा, राष्ट्रिय चिह्नहरू सबै समान छन् । तर, हामी सबै नेपाली हौँ भन्ने कुरा कुनै धर्म, जाति, समुदाय आदिले बिर्सन हुँदैन । सबैको साझा भाषा नेपाली मात्र हो ।
एउटा सचेत नागरिकलाई आफ्नो देशको भाषा, भुगोल, इतिहास, राष्ट्रियता राम्रोसंग थाहा हुन्छ । हुनुपर्छ । त्यो सचेत नागरिक राजनीतिमा हुन्छ । तर, नेपाली भाषामा कमजोर हुने व्यक्ति कसरी सचेत नागरिक हुन सक्छ ? एमाले नेतृ नविना लामाले नेपाली टोनमा कमजोर भनेर सुख पाउने छैनन् । कि उनि पुर्ण गृहिणी बस्छिन् भने उनको नैसर्गिक अधिकार हो । यदि उनि नेता हुन् भने जनताको सांसद हुन् भने उनले शुद्धगरि नेपाली पढ्न सक्नुपर्छ । शुद्ध रुपले नेपाली लेख्न जान्नुपर्छ । बरु व्याकरण जान्न अनिवार्य छैन । तर, भाषागत स्पष्टता त चाहियो नि ।
के अब नविना लामाहरुले नसोच्ने ? के यसमा सुधार नगर्ने ? हामी तमाम नेपालीलाई एउटै मालामा उनेर राखेको यहि नेपाली भाषाले मात्र हो । के अब यो छिनाल्ने ? त्यसैले, आफ्नो देशको सर्बोच्च भाषा शुद्ध रुपले उच्चारण गर्न सिकौं । अनि नेतादेखि के के बन्ने हो बनौं । जय नेपाली भाषा ।
प्रतिक्रिया