Logo

Breaking News 1

काठमाडौंमा १८ वर्ष माथिकालाई आजदेखि बुष्टर डोज दिन सुरु



काठमाडौं । काठमाडौंमा मंगलबारबाट १८ वर्ष माथिकालाई कोरोनाविरुद्वको बुष्टर डोज खोप दिन सुरु भएको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

साउन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन सक्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : १७ बजे