Logo

खेलकुद

एकदिवसीय श्रृंखला पनि भारतलाई



काठमाडौ । भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २–१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो । ।

इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।

यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमासबै विकेट गुमाउदै २५९ रन बनायो ।

इंग्ल्यान्डकाजोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ४३ बजे