Logo

Breaking News 1

भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आयो, नेपालमा नघट्ने



काठमाडौं । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर मूल्य सूची नेपालमा पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटाएर मूल्य सूची पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि आईओसीले पनि मूल्य घटाएर मूल्य सूची पठाएको हो ।

भारतबाट मूल्य सूची घटेर आएपनि नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य नघट्ने भएको छ ।

नेपाल आयल निगमले आईओसीलाई अझै ३१ अर्ब भन्दा धेरै रकम तिर्न बाँकी रहेको भन्दै मूल्य नघट्ने जनाएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  २ : २५ बजे