Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९०पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा छ । साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल १ को खरिदमूल्य ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ०८ बजे