Logo

अर्थ

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्र असार २२ गते बुधबार बाँडफाँट भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँट गरेको हो ।

कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलब १५ प्रतिशत ब्याजदर भएको ‘१० दशमलब १५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री गरेको थियो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ४० बजे