Logo

Breaking News 1

‘मन्त्री चढ्नेभन्दा ठूलो गाडि चढेर आएको छु, मलाई मन्त्री पदमा बसेर पैसा कमाउनु छैन’: किसान श्रेष्ठ



काठमाडौं । निवर्तमान मन्त्री किसान श्रेष्ठले आफूलाई मन्त्री पदमा बसिरहने कुनै रहर नभएको बताएका छन् ।

सोमबार बिहान मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै श्रेष्ठले आफू पार्टीकै सिफारिसमा मन्त्री भएको र पार्टीकै निर्णयमा मन्त्री पदबाट बाहिरिएको स्पष्ट पारेका हुन् ।

उनले मन्त्री पद बचाउनका लागि कहिले बालुवाटार त कहिले खुमलटार पुगेको भन्दै समाचार आएकोप्रति खण्डन गर्दै आफूलाई मन्त्री पदको लोभलालच नभएको स्पष्ट पारेका हुन् ।

‘अहिलै हेर्नुस् मन्त्री चढ्नेभन्दा ठूलो गाडि चढेर आएको छु । किनकि मलाई मन्त्री पदमा टाँसिइरहनु, मन्त्री भएर पैसा कमाउने कुनै लोभलालच छैन,उनले भने ।’

मन्त्री पद गएपछि पार्टीनै छोड्छ भन्ने समाचारसमेत आएको भन्दै उनले यी सबै हल्ला मात्रै भएको कुनै सत्यता नरहेको बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ३३ बजे