Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

स्थानीय जनप्रतिनिधिले गर्नुपर्ने काम



स्थानीय निकायको निर्वाचन भएको डेढ महिना पुग्न लागेको छ । देशभरका सबै जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन् । निर्वाचन आयोगले सबै जनप्रतिनिधिलाई जिम्मेवारी वहन गर्न प्रमाणपत्र दिएको छ । आँफुले भोट दिएर जिताएका जनप्रतिनिधिले कस्तो काम गर्छन् भनेर जनताले पर्खिरहेका छन् । सबै जनतामा एउटा भरोसा जीवित छ, ‘यसपालीको भोट पक्कै खेर जाने छैन ।’

०४६ सालमा बहुदलीय व्यवस्था आएपछि भएको चौथो पटकको स्थानीयतह निर्वाचन हो यो । अहिलेसम्म स्थानीयतहको चुनाव ०४९, ०५४, ०७४ र ०७९ सालमा सम्पन्न भएका छन् । हुन त पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा शासनसत्ता आफ्नो हातमा लिएपछि ०६२ सालमा पनि स्थानीयतहको निर्वाचन भएको थियो । तर, त्यो निर्वाचन राष्ट्रिय मान्यता प्राप्त ठुला दलहरुले बहिष्कार गरेका थिए । त्यो निर्वाचनलाई खासै मान्यता दिइएको छैन । त्यसैले, अहिलेसम्म वैधानिक रुपमा सर्वस्वीकार्य चार पटक स्थानीयतहको निर्वाचन सम्पन्न भइसकेका छन् ।

जनतालाई सधैं के लाग्छ भने भोट दिएका नेताहरुले काम गर्छन् वा गर्दैनन् ! जनताले अहिलेसम्म स्थानीय वा राष्ट्रिय (प्रतिनिधि सभा) चुनावमा दिएको भोट खेर गएको महसुस गरेका छन् । खासगरि, निर्वाचन आयोगमा दर्ता भएका साना हुन् वा ठुला दलहरुलाई दिएको भोट सदुपयोग भएको जनताले अनुभव गर्न पाएका छैनन् । फलस्वरुप यस पटकको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु रोजाईमा परे । कयौं स्वतन्त्र उम्मेदवारले चुनाव जिते । कतिपयले सम्मानजनक भोट ल्याए । देशकै राजधानी काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार हावी भए । यसरी, स्वतन्त्र उम्मेदवार हावी हुनुमा अहिलेसम्म चुनाव जिताएका दलहरुका नेताले काम नगर्नुको परिणाम हो । सरल रुपमा भन्नुपर्दा दलहरुले अहिलेसम्म जनताको भोट दुरुपयोग गर्दै आए । अन्ततः दलहरुले विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारलाई भोट दिए ।

अब, दलहरुका हुन् वा स्वतन्त्र प्रतिनिधि, सबैले चुनाव जितिसकेका छन् । देशभरका पालिकाहरुमा सदस्यदेखि प्रमुखसम्मको जनप्रतिनिधि जनताले पाएका छन् । जनताको यो बिश्वासलाई कायम राख्न र अर्को चुनावमा थप बिश्वास जित्न अहिलेका जनप्रतिनिधिले के काम गर्न सक्छन् त ? यो तर्फ विवेचना गरौं ।

स्थानीय जनप्रतिनिधिले सर्वप्रथम गर्नुपर्ने काम हो, आफ्नो पालिका र वडा सरसफाई । यो काम गर्न ठुलो बजेट र कुनै लगानी चाहिंदैन । मात्र व्यबस्थापन भए पुग्छ । यो भनेको समाजको सौन्दर्यकरणसंग सम्बन्धित छ । कुनै पनि देशको सभ्यताको मुख्य मापन भनेको त्यो स्थानको सरसफाईको आधार हो । हाम्रा बजार क्षेत्रहरु कुरुप छन् । जथाभावी पानीपुरी चटपट बेच्ने, ठेलामा सामान राखेर डुलाउने, भद्रगोल तरिकाले पसल खोल्ने, सडक वरपरका घरहरुले आर्कषक रंगरोगन नगर्ने, सार्वजनिक शौचालय सर्वसुलभ नबनाउने, जहाँतहिं फोहोर राख्ने लगायतका दृष्यहरु हाम्रा बजारका कुरुप अंगहरु हुन् । यी सबै नियन्त्रण हुन आवस्यक छ । सुधारको खाँचो छ । नयाँ शुरुवातको जरुरी छ ।

स्थानीय जनप्रतिनिधिले आफ्नो निकायमा रोजगार, पेशा, व्यवसाय, उत्पादन, खेलकुद, मनोरञ्जन, आविष्कार र अनुशन्धानका कामहरुको शुरुवात गर्न सक्छन् । कतिपय यस्ता कामहरु छन्, जुन शुरुवात गर्न र सम्पन्न गर्न ठुलो बजेट चाहिंदैन । जनप्रतिनिधिले जनतासंग परामर्श गरेर धेरै काम गर्न सक्छन् ।

ठेलामा व्यापार गर्नेलाई निश्चित स्थान मात्र तोक्नुपर्छ । अर्को तर्फ हाम्रा बस्तीहरु ध्वनी प्रदुशणले आक्रान्त छन् । सवारीको हर्न, बाजागाजा, भौतिक निर्माण गर्दा आउने आवाज, अनावस्यक भीड, जुलुस लगायतले हाम्रा वस्तीहरु कोलाहलमय छन् । कसैले घर वा कुनै भौतिक निर्माण गर्दा आवाज नियन्त्रण कसरी कम गर्ने भन्ने बारेमा नियम लागु हुनुपर्छ । विकसित मुलुकमा यो नियम निकै कडाईका साथ लागु गरेको पाइन्छ । सवारीको हर्न पुर्ण निषेध गर्ने नियम बसाउनुपर्छ । वर्कसप, ग्रिल उद्योग, फर्निचर उद्योग लगायतका ध्वनी प्रदुशण गर्ने उद्योगहरुलाई निश्चित स्थानमा मात्र संचालन अनुमति दिनुपर्छ । बस्ती नजिक यस्ता उद्योग राख्न प्रतिबन्ध लगाउनुपर्छ । यो काम गर्न कुनै ठुलो बजेट चाहिंदैन । मात्र व्यवस्थापन गर्न लगाव चाहिन्छ ।

स्थानीय जनप्रतिनिधिले गर्नुपर्ने अर्को महत्वपुर्ण काम हो, सरकारी अस्पतालको सेवा चुुस्त बनाउने । देशभर भएका सरकारी अस्पतालको हालत करिब–करिब उस्तै छ । उहि फोहोरको गन्ध, फोहोर शौचालय, फोहोर शैया, फोहोर भित्ता, फोहोर कम्पाउण्ड, फोहोर क्यान्टिन । जताततै फोहोरै फोहोर । नेपालमा फोहोरको पर्यावाची हो, यहाँका सरकारी अस्पतालहरु । स्थानीय जनप्रतिनिधिले यी सबै अस्पतालको अनुगमन गरेर तुरुन्त सरसफाई गर्न लगाउनुपर्छ । यसका लागि कुनै लगानी चाहिंदैन ।

अर्को महत्वपुर्ण काम हो, सरकारी स्कुलको सुधार । देशभरका अधिकांश सरकारी स्कुल निकै भद्रगोल छन् । शौचालयदेखि कार्यालयसम्मका दृष्य नियाल्यो भने फोहोर, मधुर रंग, खराब वनावट र टुटफुट मात्र देख्न सकिन्छ । यसको मतलव नीजि स्कुलको तुलनामा सरकारी सबै स्कुल, कलेजहरु नरक जस्ता देखिन्छन् । यसको पहिलो उदाहरण देशको राजधानी काठमाडौंको मुटुमा रहेको त्रिचन्द्र कलेज । यस्तो अवस्था देशभरका हरेक पालिका र वडाहरुमा रहेका सरकारी स्कुल कलेजमा देख्न र भोग्न पाइन्छ । यो सुधार गर्न जनप्रतिनिधिले कडा नियम बसाए मात्र पुग्छ । हरेक साता अनुगमन गर्ने प्रणाली शुरुवात गर्नुपर्छ ।

यी अलावा स्थानीय जनप्रतिनिधिले आफ्नो निकायमा रोजगार, पेशा, व्यवसाय, उत्पादन, खेलकुद, मनोरञ्जन, आविष्कार र अनुशन्धानका कामहरुको शुरुवात गर्न सक्छन् । कतिपय यस्ता कामहरु छन्, जुन शुरुवात गर्न र सम्पन्न गर्न ठुलो बजेट चाहिंदैन । जनप्रतिनिधिले जनतासंग परामर्श गरेर धेरै काम गर्न सक्छन् । यसका लागि हरेक निकायमा टोल सुधार समिति बनाउन अनिवार्य छ । टोल सुधार समितिले सबै नागरिकलाई जिम्मेवारबोध बनाउनेछ । यस्ता टोल सुधार समितिले जनप्रतिनिधि र नागरिकसंग समन्वय गर्छ ।

गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन, अनुशन्धान र अवसरका बिषयलाई अनिवार्य गर्ने काममा जनप्रतिनिधिले लिष्ट तयार गर्नुपर्छ । कतिपय कामहरु केन्द्र र प्रदेश सरकारसंग समन्वय गर्नुपर्छ । तर, अधिकांश कामहरु स्थानीय निकाय आँफैले गर्न सक्छन् । स–साना कामहरुको परिणामले ठुलो प्रभावकारीता झल्किन्छ । साना कामहरुको सफलताले ठुला आयोजनाहरु प्राप्त गर्न सजिलो हुन्छ । अतः दृढ र इमान्दारितालाई आत्मसाथ गरेर स्थानीय जनप्रतिनिधिले आफ्ना निकायलाई धेरै सुधार गर्न सक्छन् । सुधार गर्नेपर्छ । यो अवसरका लागि काम गर्ने समय अब शुरु भयो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ०६ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।