Logo

Breaking News 1

प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मिति तोक्ने तयारी



काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्ने तयारी थालेको छ ।

यहि मंसिरमा प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरुको पदावधी सकिंदैछ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकको काम असार १ गतेबाट सुरु गरिसकेको छ ।

असार १ गतेबाट देशभरका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

पहाडी तथा हिमाली क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या तराई र शहरी क्षेत्रको तुलनामा कम देखिएको छ । तराई र शहरी क्षेत्रमा नामावली अद्यावधिक गराउनेको संख्या उल्लेख्य देखिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन मिति तोक्नबारेमा सरकार र आयोगबीच अनौपचारिक कुराकानी भएपनि औपचारिक रुपमा कुन दिन तोक्ने भनेर छलफल भैसकेको छैन ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ३० बजे