Logo

अर्थ

सेञ्चुरी बैंक र स्मार्ट च्वाइसबीच व्यवसायिक सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
सम्झौता पश्चात सेञ्चुरी बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सेन्चुरी पे’प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : २७ बजे