Logo

अर्थ

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ११ : ५५ बजे