Logo

समाचार

मोरङ जिससमा एमालेको प्यानलै विजयी



काठमाडौं । मोरङ जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

मङ्गलबार बिराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदावार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन्।

विजयी उम्मेदवार राई र झाले समान २१ मत प्राप्त गरेका हुुन् । राईका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकी निलमकुमारी सरदारले १३ मत ल्याएका छन्।

यस्तै, महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्वशी कुमारी थारु, हरिमाया विश्वकर्मा विजयी भए। नेपालीले २३ मत पाउँदा थारु र विश्वकर्माले समान २१ मत पाएका छन्।

यसैगरी, अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत पाएका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ३ : ४५ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।