Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत



काठमाडौं । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै,मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : ०१ बजे