Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

फोहोर विसर्जनका क्रममा अवरोध गरेर पक्राउ परेका बञ्चरेडाँडाका तीन जना रिहा



काठमाडौं । बुधबार काठमाडौंको फोहोर विसर्जनका लागि गएका गाडीलाई अवरोध गरेकााले पक्राउ परेका बञ्चरेडाँडाका तीन जनालाई प्रहरीले रिहा गरेको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई प्रहरीले रिहा गरेको हो ।

बुधबार प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई वार्ताका लागि बोलाएकाले छाडिएको बताइएको छ ।

वार्ताको मिति भने तय हुन सकेको छैन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : ४३ बजे