Logo

Breaking News 1

सांसद जीवनराम श्रेष्ठको प्रश्न-‘सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद जीवनराम श्रेष्ठले सरकारले काठमाडौंलाई राजधानी जस्तो बनाउनमा ध्यान नदिएको बताएका छन् । काठमाडौं देशकै राजधानी जस्तो बन्न नसकेको उनको भनाई रहेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

‘काठमाडौंलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’उनले प्रश्न गरे ।

काठमाडौंलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने र यसका लागि योजना ल्याउन माग गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : ५१ बजे