Logo

Breaking News 1

विष्णु पौडेललाई मिनेन्द्र रिजालको जवाफ-एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै थियो



काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समयानुकुल रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाए ।

सामाजिक सुरक्षाभत्ता पाँँच हजार नपु¥याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने , ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागु गर्ने ?’

भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरुले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराए ।

रिजालले पूर्वअर्थमन्त्री पौडेललाई बजेटमा आलोचना गर्नुअघि आफूले ल्याएको बजेट एकपटक पढ्न सुझाव दिए ।

“तपाईंले चुनाव घोषणा गरेर संसद् विघटन गरेर ल्याएको बजेट पढ्नुस् । तपाईंले प्रयोग गरेको भन्दा धेरै कम चुनावी प्रपोगान्डा र उपयुक्त छ यो बजेटमा, रिजालले भने ।”

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : २४ बजे