Logo

Breaking News 1

यी हुन वेपत्ता विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु (नामावलीसहित)



काठमाडौं । पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको नाइन एन एईटी ट्विनअटर विमानमा १९ यात्रु र तीनजना चालक दलका सदस्य रहेको खुलेको छ । यात्रुमध्ये ६ जना विदेशी रहेको बताइएको छ ।

विमान बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । विमान म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क टुटेको विमानस्थल स्रोतले जानकारी दिएको छ । जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो ।

हाम्रा जोमसोम स्थित संवाददाता सूर्य दाहालका अनुसार, मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर फर्किएको छ ।

हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयले जनाएको छ । सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।


यी हुन विमानमा सवार २२ जना
इन्द्र बहादुर गोले
पुरुषाेत्तम गोले
राजन कुमार गोले
मिक ग्र्याट
बसन्त लामा
गणेश नारायण श्रेष्ठ
रवीना श्रेष्ठ
रस्मी श्रेष्ठ
रोजिना श्रेष्ठ
प्रकाश सुनुवार
मकर बहादुर तामाङ
राममाया तामाङ
सुकुमाया तामाङ
तुल्सादेवी तामाङ
अशोक कुमार त्रिपाठी
धनुष त्रिपाठी
ऋतिका त्रिपाठी
युवी विल्नर
वैभवी बाण्डेकर
प्रभाकर घिमिर-पाइलट
उत्सव पोखरेल-को-पाइलट
किस्मी थापा-एयर होस्टेज

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : २१ बजे