Logo

Breaking News 1

‘नेपालले आफ्नै लगानीमा बुढीगण्डकी बनाउने रे ! गफै त हो नी सम्धी’: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैँले बनाउनेमा शंसय व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सरकारले नीति तथा कार्यक्रममा बुढीगण्डकी आफ्नै लगानीमा बनाउने भन्ने कुरा असभ्भव भएको बताएका हुन् ।

उनले भने, ‘बुढीगण्डकी आफैँ बनाउने रे ! गफै त हो नी सम्धी ।’

ओलीले आफ्नो सरकारको पालामा बुढीगण्डकी निर्माणका लागि चीनलाई दिएकोमा कांग्रेसको सरकार आएपछि अन्य देशलाई खुशी पार्नका लागि सम्झौता तोडेको आरोप लगाए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ४३ बजे