Logo

Breaking News 1

पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्य विजयी



पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छ्न । प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई साढे चार हजार मतान्तरले पराजित गर्दै आचार्य मेयर निर्वाचित भएका हुन ।

उनी पाँच दलिय गठबन्धनका तर्फबाट मेयरको साझा उम्मेदवार बनेका थिए । सत्ता गठबन्धनले मध्याह्न १२ः३० बजेका लागि बिजय जुलुस आव्हान गरेको छ ।

उपमेयरमा भने एमालेकी मन्जु गुरुङ निर्वाचित भएकी छिन । निवर्तमान उपमेयर समेत रहेकी गुरुङले काङ्ग्रेसकि कोपिला रानाभाटलाई पराजित गरेकी हुन ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : ११ बजे