Logo

विश्व

सपथ लगत्तै टोकियो जाँदै अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी



सिड्नी । एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् ।

क्वाड राष्ट्रका सदस्यहरु —अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्दैछन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यहरुसँग सपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।

शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।

झन्डै एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ५५ बजे