Logo

Breaking News 1

काठमाडौं महानगरमा बालेन साहको ३७९४४ मतसहित फराकिलो अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा वालेन साहले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन् ।आइतबार बिहान ८ : ३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ ।

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले एमाले २० हजार ७ सय ४ मत पाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ३२ बजे