Logo

Breaking News 1

राष्ट्रपतिले संसद्‌मा जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने



काठमाण्डाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।

जेठ १० गते अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

आगामि आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ। अहिले बजेटका सिद्धान्तमाथि संसद्मा छलफल चलिरहेको छ।

प्रतिनिनिधि सभाको अर्को बैठक जेठ १० गते साँझ ६ बजे  बस्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : १५ बजे