Logo

Breaking News 1

पोखरा महानगर: आचार्य थापा भन्दा तीन हजार बढी मतले अगाडि



काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत प्राप्त गर्दै पछ्याई रहेका छन् ।

राप्रपाका शंकर खरालले २ हजार ७ सय १९ मत प्राप्त गरेका छन् भने लौरो चिन्नका उम्मेदवार खड्कराज (गणेश) पौडेलले २ हजार २ सय ८४ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता कायम राखेकी छिन् ।

उनले २७ हजार २ सय ८४ मत प्राप्त गरेकी छिन् भने एमालेकी उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत प्राप्त गर्दै पछ्याई रहेकी छिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १ : ५९ बजे