Logo

Breaking News 1

काठमाडौं महानगर: बालेनले कटाए २६ हजार मत, स्थापित १२ हजार बढी मतले पछाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले निकटस्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाईसमेत धेरै पछाडि छाडिसकेका छन् ।

अहिले पछिल्लो परिणामअनुसार स्थापित बालेन भन्दा १२ हजार बढी मतले पछाडि छन् । बालेनले २६ हजार ६ सय १ मत ल्याएका छन् भने स्थापितले १४ हजार ३ सय ८६ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३ हजार ४ सय १ मत पाएकी छिन् । यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन् ।

डंगोलले २६ हजार ७ सय ७५ मत ल्याएकी छिन् भने उनका निकटस्तम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ५९ बजे