Logo

Breaking News 1

विराटनगरमा नागेश कोइराला १७५९८ मतसहित अग्र स्थानमा



विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५९८ मतसहित अग्रता जारी राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मत अन्तरले पछाडि पारेका छन् । थापाले १२ हजार ९७४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको पक्षमा ५ हजार ८७९ र राप्रपाका उम्मेदवार प्रह्लाद साहले ३ हजार ४५७ मत पाएका छन् । जनमत पार्टीका अरुण मण्डलले ४६२, लोसपाका मृत्युन्जय मिश्रले ३७२ र विवेकशील साझाकाले २०९ मत पाएका छन् ।

उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १५ हजार ४० मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार २१२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार २७८ मत पाएकी छन् ।

जनमत पार्टीकी अन्नु कुमारी कामतले ६६८, लोसपाकी सहनाज खातुनले ४९७ र विवेकशील साझाकी श्रृजु पराजुलीले २५२ मत पाएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ३० बजे