Logo

Breaking News 1

बालेन साहले बनाए केशव स्थापितसँग ८ हजार बढीको मतान्तर



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्नो अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याईरहेका छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार स्थापित बालेनभन्दा ८ हजार बढी मतले पछाडि परेका छन् । बालेनले १६ हजार ६ सय ४७ मत ल्याएका छन् भने स्थापितले ८ हजार ६ सय ७ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन् । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याईरहेका छन् ।

डंगोलले १५ हजार ६ सय ७४ मत पाउँदा श्रेष्ठले ५ हजार १५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ०६ बजे