Logo

खेलकुद

लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्कियो



काठमाडौं । १–० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २–१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ । मंगलबार राति साउथह्याम्पटनको मैदानमा जितसँगै लिगको अन्तिम खेलले मात्रै उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ । अन्तिम दिन लिभरपुलले उल्भ्स तथा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ ।

साउथह्याम्पटनको मैदानमा लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गरे । घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना गरे ।

जितपछि लिभरपुलको ३७ खेलबाट ८९ अंक साथ दोस्रो स्थानमा छ । पराजित साउथह्याम्पटन समान खेलबाट ४० अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ०४ बजे