Logo

Breaking News 1

भरतपुरमा रेनु दाहाल १३९३ मतले अगाडी



चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधबार बिहानको मतपरिणामअनुसार दाहालले १३९३ मतको अग्रता बनाएकी छन् ।

हालसम्म ६ वटा वडाको २६२५८ मतगणना सम्पन्न हुँदा मेयरका उम्मेदवार रेनु दाहालले ९४४७ मत पाएकी छन् । यस्तै एमालेका विजय सुवेदी ८०५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ४२६५ मत पाएका छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ५७ बजे