Logo

समाचार

दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी



दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् । केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । मल्लले ३३३६ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई पारजित गरेकी हुन् । कांग्रेकी एलिजा थापा केसीले ३१५२ मत ल्याइन् ।

डुंगेश्वरको वडानम्बर ३, ४, ५ , ६ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादीले जितेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ३२ बजे